दफा १९
विशेष कोषको स्थापना
(१) आयोगले दफा १८ बमोजिम जरिबाना बापत प्राप्त गरेको रकम जम्मा गर्न एउटा छुट्टै विशेष कोषको स्थापना गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको कोषमा रहेको रकम सेवा प्रदायकबाट प्रदान गरिएको सेवा प्राप्त गर्न तोकिए बमोजिमका असमर्थ उपभोक्तालाई अनुदान दिने काममा खर्च गरिनेछ ।
(३) उपदफा (१) बमोजिमको कोषको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अन्य कुरा तोकिए बमोजिम हुनेछन् ।